JIN0TkF.gif
JINuGe4.gif

चितवनको माडीमा बोलेरोको ठक्करबाट २ जनाको मृत्यु

माडी चितवन – चितवनको माडीमा बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । 

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

शनिबार  साँझ माडी नगरपालिका–१ बरुवास्थित चिताई खोलाको पुलमा लु२च २५०८ नम्बरको बाेलेरोले बागमती प्रदेश०६००१प ४०९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सोमेश्वर माध्यमिक विद्यालयका लेखापाल सूर्य अधिकारी र मोटरसाइकल पछाडि सवार शिक्षक बेगबहादुर खत्रीको मृत्यु भएको हो । अर्का शिक्षक भवानीप्रसाद पौडेल घाइते भएका छन् ।

शिक्षकहरू माडीको सोमेश्वर माध्यमिक विद्यालयमा कार्यरत हुन् । बलेरोको ठक्करबाट गम्भीर घाइते भएका खत्रीको बगौडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो भने अधिकारीको भरतपुरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

मृतक अधिकारी माडी नगरपालिका–१ निवासी र खत्री सुर्खेतको सिन्ता गाउँपालिका–३ आग्रीगाउँ निवासी हुन् ।

दुर्घटनामा घाइते स्याङ्जा घर भएका पौडेलको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको इलाका प्रहरी कार्यालय माडीका प्रमुख दीपक रिजालले जानकारी दिए । 

ठक्कर दिने बोलेरो र चालकलाई इलाका प्रहरी कार्यालय माडीले नियन्त्रणमा लिएको छ । 

What’s your Reaction?
+1
49
+1
0
+1
33
+1
0
+1
0
+1
0
81025400
hulash