इच्छाकामना चितवन – पहिरोका कारण चितवनको नाग्दी खोला नजिकै बन्द भएको पृथ्वीराजमार्ग खुलेको छ ।
चितवनको इच्छाकामना गाउँपालिका–४ नाग्दी खोला नजिकै हिजो बेलुका खसेको पहिरो हटाएपछि गएराति नै सडक दुईतर्फी खुलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
हिजो बेलुका पौने ७ बजेतिर खसेको पहिरोले पृथ्वी राजमार्ग दुईतर्फी नै बन्द भएको थियो । पहिरोका कारण काठमाण्डौ आउने गाडी मुग्लिन र काठमाण्डौबाट छुटेका गाडी कुरिनटारमा रोकिएका थिए । सडक खुलेपछि रोकिएका गाडी गन्तव्यतर्फ लागेका छन् । गाडीको आवतजावत सामान्य भएको छ ।
त्यस्तै, अहिले नारायणगढ–मुग्लिन सडकमा पनि कुनै समस्या छैन । गाडी सहज रुपमा चलिरहेका ट्राफिक प्रहरीले जनाएको छ । तर पहिरोको जोखिम कायमै रहेकाले सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न ट्राफिक प्रहरीको आग्रह छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1