JIN0TkF.gif
JINuGe4.gif

चितवनको कालिकामा एकल, दलित र विपन्न महिलालाई सवारी चालक तालिम

चितवन  –   चितवनको कालिका नगरपालिकाले एकल, दलित र विपन्न वर्गका महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले निःशुल्क सवारी चालक तालिम सञ्चालन गरेको छ । पालिकाले महिला तथा बालबालिका कार्यक्रमअन्तर्गत तालिम सञ्चालन गरेको हो ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

त्यस अवसरमा कालिकाका नगर प्रमुख बिनोद रेग्मीले सवारी चालक (ड्राइभिङ) तालिमले महिलाहरूलाई स्वदेश तथा विदेशमा जहाँ गएपनि व्यवसयीक तथा स्वरोजगार बन्न सहयोग पुग्ने बताए । उनले भने, ‘सीप भएका मानिसलाई कामको दुःख छैन ।’ 

 कालीका -४ पदमपुरस्थित शहीद स्मृति क्याम्पसचौरमा पालिकाका ७० जना महिलालाई बिहीबारदेखि पन्ध्रदिने निःशुल्क हलुका चारपाङ्ग्रे सवारी साधन चालक तालिम आयोजना गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत चुडामणि गौतमले जानकारी दिए।

  व्यावसायिक चालक बन्न प्रेरित गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको उनले बताए।

What’s your Reaction?
+1
73
+1
37
+1
0
+1
0
+1
21
+1
8
81025400
hulash