चितवन – पहिरोका कारण पृथ्वी राजमार्ग बन्द भएकाे छ । चितवनको इच्छाकामना गाउँपालिका–४ नाग्दी खोला नजिकै पहिरो खसेपछि सडक दुईतर्फी बन्द भएकाे हो ।
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख एवम् प्रहरी निरीक्षक विशाल तामाङका अनुसार शुक्रवार बेलुकी पाैने ७ बजेतिर गएको पहिरोका कारण राजमार्ग दुईतर्फी नै बन्द भएकाे हो । अहिले पहिरो पन्छाउने काम भइरहेको उहाँले जानकारी दिनुभयो ।
पहिरोका कारण काठमाण्डाै जाने गाडी मुग्लिन र काठमाण्डाैबाट मुग्लिनतर्फ आउने गाडी कुरिनटारमै रोकिएका छन् ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1