JIN0TkF.gif
JINuGe4.gif

चाडवाडमा सामसङले ल्यायो नयाँ अफर

चितवन –  सामसङ नेपालले “रमाइलो दशैं तिहार, मायाले भरौ घर परिवार” शीर्षकको नयाँ चाडपर्व अफर घोषणा गरेको छ।
४१% सम्मको छुटमा सामसङको टेलिभिजन सेट र होम अप्लायन्सहरू घर ल्याई यो अफरबाट यस चाडपर्वको मौसममा ग्राहकहरूको घर हर्ष र खुसीयालीले भर्ने उद्देश्य रहेको कम्पनिले जनाएको छ ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

यो अफरले सामसङको टिभी, रेफ्रिजरेटर र वाशिङ मेसिनको आकर्षक रेन्जलाई समावेश गरेको छ, जसमा उत्तिकै आकर्षक क्यासब्याक अफारका साथ सामसङका नयाँ लन्चहरू पनि उपलब्ध छन्।

सामसङ १७ वर्षदेखि ग्लोबल नम्बर १ टिभी ब्रान्ड रहेको छ र ग्राहकहरूले क्रिस्टल युएचडी टिभीको अरबौ रङ्गहरू, क्युएलईडी टिभीको नवीनता, फ्रेम टिभीको आकर्षण र सामसङको सबभन्दा नयाँ सि–सिरिज लाइन–अपहरु उत्तिकै आकर्षक अफारका साथ आफ्नो घरमा ल्याउन सक्छन्। ग्राहकहरुले कुनै पनि सामसङको नयाँ टिभी खरिद गर्दा त्यसमा ३ वर्षको वारेन्टी पनि पाउने छन्।

होम थियेटर एक्सपिरिएन्स अफरको साथ ग्राहकहरूले सामसङको कुनै पनि नयाँ टिभीसँग टि४००, बि४५०, ए४५०, ति४२० र एमएक्स–ति५० लगायत जुन पनि साउण्डबारको खरिद गर्दा बन्डल छुट पाउन सक्ने छन्। ग्राहकहरूले दशैं–तिहारको मौकामा सामसङको नवीनतम टिभी नियो क्युएलईडी टिभी खरिद गर्दा रु.४१,६९० को बि४५० साउण्डबार सित्तैमा पाउने छन्।

सामसङले आफ्नो यो अफर सबै ग्राहकको लागि सरल बनाउनको लागि झन्झट रहित ०% ब्याज भएको ईएमआइ तथा फ्री इन्सटलेसन जस्ता सुविधा पनि प्रदान गरेको छ। अर्कोस्टोरसँगकोे सहकार्य मार्फत ग्राहकहरूले सामसङ प्लाजा गई कुनै पनि उत्पादनहरूमा अपग्रेड गर्दा बेस्ट भ्यालुयसन् अन एक्सचेन्ज सेवाको पनि फाइदा उठाउन सक्ने छन्। मङ्सिर ४, २०८० सम्म रहेको यो अफर नेपालमा सामसङका आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स र त्रिवेणी व्यापारले उपलब्ध गराएको हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash