JIN0TkF.gif
JINuGe4.gif

चन्द्रयान-३ चन्द्रमामा सफल अवतरण गरेको भन्दै ओलीद्वारा भारतलाई बधाई

चितवन –  नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले भारतको चन्द्रयान–३ चन्द्रमामा अवतरण गराउन सफल भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र त्यहाँका जनतालाई बधाई दिएका छन् । पूर्वप्रधानमन्त्री ओलीले चन्द्रयान–३ चन्द्रमामा अवतरण गराउन सफल भएलगत्तै सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

भारतले अन्तरिक्षमा पठाएको मानवरहित यान बुधबार  साँझ ६ बजे चन्द्रमामा अवतरण गरेको छ । “आज भारतको चन्द्रयान–३ चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गरेको छ, यस मिसनको सफलताका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजी, वैज्ञानिक र भारतवासी सबैलाई बधाई । पूर्वीय ज्ञानले विज्ञानका क्षेत्रमा महत्त्वपूर्ण सफलता हासिल गरेको छ, हामी पनि खुसी छौँ”, उनले भनेका छन्

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash