भरतपुर चितवन – उद्योग वाणिज्य संघ–चितवनले पछिल्लो समयमा घर वा जग्गा भाडामा लिएर व्यवसाय गर्दै आएका व्यवसायीले नै स्वयं घर वा जग्गा बहाल कर तिर्न परेको गुनासोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
संघका कार्यकारी निर्देशक निलबहादुर केसीले प्रेस विज्ञप्तिमार्फत जिल्लाका उद्यमी व्यवसायीहरुको हक, हितको संरक्षण, संवद्र्धन तथा प्रवद्र्धन गर्दै जिल्लाको समग्र विकासलगायत राष्ट्रको आर्थिक उन्नतिमा मह¤वपूर्ण योगदान पु¥याउँदै आएको जनाउँदै आम्दानी गर्नेले कर तिर्नुपर्ने करको सर्वमान्य सिद्धान्त रहेकोसमेत स्मरण गराएका छन् ।
उनले आर्थिक मन्दी, मूल्य वृद्धि तथा बैंक व्याजका कारण उद्यमी व्यवसायी चरम आर्थिक मारमा परिरहेको र उद्यमी व्यवसायीहरुले नेपाल सरकारका विभिन्न निकायमा कर तथा राजस्व भुक्तानी गर्दै आइरहेको सन्दर्भमा घर तथा जग्गाको बहालकर घर वा जग्गा धनीले नै भुक्तानी गरिदिनका लागि सम्बन्धित सबैमा अपिल गरेका छन् ।