JIN0TkF.gif
JINuGe4.gif

घरमा एक्लै बसेको मौका किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा १ जना पक्राउ

चितवन – किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ताप्लेजुङमा एक व्यक्ति परेका छन् । प्रहरीका अनुसार किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ३७ वर्षीय अशोक कुरुम्बाङ लिम्बू पक्राउ परेका हुन् ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा लिम्बू पक्राउ परेका हुन् । गएको आइतबार घरमा एक्लै बसेको मौका छोपी लिम्बूले किशोरीमाथि जबरजस्ती करणी गरेको आरोप छ ।

करणी घटनापछि फरार रहेका लिम्बूलाई खोजतलास गर्ने क्रममा बिहीबार पक्राउ गरिएको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिनुभयो ।

पक्राउ परेका लिम्बूमाथि ताप्लेजुङ जिल्ला अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको पनि प्रहरीले जनाएको छ ।

What’s your Reaction?
+1
59
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash