सिन्धुली – जिल्लाको कमलामाई नगरपालिका ४ मा एक जनाको लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा कमलामाई नगरपालिका ४ पोखरेल गाउँका ६० वर्षीय फौद बहादुर सार्की रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुुसार सार्की सोही वडाको देउराली धारा भञ्ज्याङस्थित खेतमा मृत अवस्थामा फेला परेका हुन् ।
घटनास्थलको प्रकृति हेर्दा खेतको बाटो हिँडने क्रममा चिप्लिएर लडी ढुंगामा ठोक्किई मृत्यु भएको जस्तो देखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक चिरञ्जिवि दाहालले बताए ।
मृतकको शवलाई पोष्टमार्टमको लागि सिन्धुली अस्पताल सिन्धुलीमा ल्याएको दाहालले बताए ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1