JIN0TkF.gif
JINuGe4.gif

क्रेन भाँच्चिदा १७ जना मजदुरको मृत्यु

भारत महाराष्ट्रको थानेमा भारी यन्त्रलगायत निर्माण सामग्री उठाउन प्रयोग हुने क्रेन भाँच्चिदा १७ जना मजदुरको मृत्यु भएको छ ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

थाने जिल्लाको शाहपुर नजिक समृद्धि द्रुतमार्गको तेस्रो चरणको निर्माणको क्रममा पुलको स्ल्याबमा क्रेन खस्दा १७ जनाले ज्यान गुमाएका तथा अन्य तीन जना गम्भीर घाइते भएका उद्धारमा संलग्न एक अधिकारीले एएनआईलाई बताए । दुर्घटना गएराति साढे एक बजे भएको हो ।

महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले दुर्घटनाको जाँचबुझ गर्न निर्देशन दिएका छन् । उनले मृतकका परिवारलाई राहतस्वरुप  पाँच लाख प्रदान गर्ने घोषणा गरेका छन् । स्वट्जरल्याण्डको एउटा कम्पनीले द्रुतमार्ग निर्माण गरिरहेको छ ।

दुर्घटनास्थलमा राष्ट्रिय विपद् व्यवस्थापन कार्यालयका कर्मचारी खोज तथा उद्धारमा जुटेका छन् । दुर्घटनाका बेला त्यहाँ ३० जना मजदूर काम गरिरहेका प्रत्यक्षदर्शीले बताएका छन् । तीव्र गतिमा भग्नावशेष पञ्छाउने र हराएकाको खोजी भइरहकेको छ ।

यसैबीच, प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाबाट आफू स्तब्ध भएको बताउँदै मृतकका परिवारजनमा समवेदना एवम् सहानुभूति व्यक्त गर्नुरेका छन् । साथै उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । प्रधानमन्त्री मोदीले प्रधानमन्त्री सहायता कोषबाट मृतकका परिवारलाई जनही दुई लाख अनुदान सहयोग उपलव्ध गराउने तथा प्रत्येक घाइतेलाई रु ५० हजा प्रदान गर्ने घोषणा पनि गरेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
3
+1
0
+1
0
+1
0
81025400
hulash