JIN0TkF.gif
JINuGe4.gif

क्रिकेट खेलाडीलाई ईसेवाले दियो मेडिकल किटसँगै नगद पुरस्कार

चितवन –  नेपालको पहिलो भुक्तानी सेवा प्रदायक तथा डिजिटल वालेट कम्पनी ईसेवाले नेपाल क्रिकेट संघ ‘क्यान’लाई विभिन्न मेडिकल किट प्रदान गरेको छ । एक कार्यक्रमको आयोजना गरी कम्पनीले नेपाली क्रिकेट खेलाडीका लागि आवश्यक मेडिकल किट प्रदान गरेको हो ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

ईसेवाका प्रमुख बिजनेस अफिसर आशिष् गौतम र चिफ स्ट्राटेजी अफिसर रबि शाक्यले उक्त मेडिकल किट हस्तान्तरण गरेका थिए । कार्यक्रममा खेलाडी सोमपाल कामी र आशिफ शेखलाई जनही नगद ५० हजार रुपैयाँ पुरस्कार पनि हस्तान्तरण गरिएको थियो ।

एसिया कपमा गरेको प्रदर्शनको आधारमा उक्त पुरस्कार प्रदान गरिएको कम्पनीले जनाएको छ ।

ईसेवाले नेपाली खेलकुदको प्रवर्धन गर्नका लागि समय समयमा विभिन्न किसिमको सहयोग उपलब्ध गराउँदै आएको छ । नेपाल र नेपाली खेलकुदलाई माथि उठाउन व्यासायिक सामाजिक उत्तरदायित्व अन्तर्गत निरन्तर सहयोग गर्ने प्रतिबद्धता समेत ईसेवाले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash