भरतपुर । कुमारी बैंक लिमिटेड र इएमएफ माइक्रोफाइनान्स फन्डबीच व्यावसायिक ऋण सम्झौता भएको छ ।
बैंकले ग्राहकहरुको मागलाई ध्यानमा राख्दै इएमएफ माइक्रोफाइनान्स फन्डसँग सहकार्य गरी साना तथा मझौला व्यवसायीलाई सुलभ कर्जा प्रदान गर्दै सशक्तिकरण गर्ने लक्ष्य राखेको छ । जसबाट आर्थिक उन्नतिको नयाँ अवसर सिर्जना हुने बैंकले विश्वास लिएको छ ।
यसअघि पनि कुमारी बैंकले महिला सशक्तिकरण ऋण र महिलाको स्वामित्वमा भएका उद्यमलाई सहयोग गर्न माइक्रोफाइनान्स एन्सासमेन्ट सुविधा, एसए, एसआइसिएभी—एसआइएफसँग सिइबी पूरा गरिसकेको छ ।
विगत २२ वर्षदेखि बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले देशभरका ३०४ शाखा, ४९ एक्सटेन्सन काउन्टर, ३०७ एटिएम, ६३ शाखारहित बैंकिङ इकाइसहितको सञ्जालमार्फत अत्याधुनिक सेवा प्रदान गर्दै आइरहेको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1