चितवन – युट्युबमा २० करोड भ्युज प्राप्त गर्ने पहिलो नेपाली गीत ‘कुटुमा कुटु’ बनेको छ । चलचित्र ‘२ रुपियाँ’मा समावेश यो गीतले शुक्रवार नयाँ रेकर्ड कायम गरेको हो ।
सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै गीतका रचनाकार तथा सङ्गीतकार राजनराज शिवाकोटीले खुसी बाँड्दै गीत बन्दाको कथा र शब्द लेखिएको पानाको फोटो शेयर गरेका छन् ।
गीतमा शिवाकोटीकै स्वर रहेको छ भने उनलाई गायनमा मेलिना राईले साथ दिएकी छन् । त्यस्तै म्युजिक भिडिओमा स्वस्तिमा खड्का, निश्चल बस्नेत, आसिफ शाह, बुद्धि तामाङ लगायतको अभिनय रहेको छ ।
युट्युबमा यो गीत सन् २०१७ को मे २८ मा रिलिज भएको थियो ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1