JIN0TkF.gif
JINuGe4.gif

कुटपिटबाट घाइते १ युवाको मृत्युपछि ५ जना पक्राउ

रुकुम  –  कुटपिटबाट घाइते भएका एक युवाको ज्यान गएपछि जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले पाँच जनालाई पक्राउ गरेको छ ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक गणेश पाण्डेका अनुसार पक्राउ पर्नेमा भूमे गाउँपालिका वडा नम्बर– ५ का ३१ वर्षीय चन्द्रबहादुर बुढा, २८ वर्षीय भाग्य बुढा, २५ वर्षीय ताराबहादुर बुढा, २५ वर्षीय रस्तबहादुर बुढा र २५ वर्षीय हस्तबहादुर बुढा मगर रहेका छन् ।

प्रहरी निरीक्षक पाण्डेका अनुसार उनीहरुले भदौ १ गते भूमे गाउँपालिका–५ का २८ वर्षीय अन्जान बुढा मगरलाई कुटपिट गरेर घाइते बनाएका थिए । अन्जान मछेनाको गोठबाट घरतिर फर्कने क्रममा पाँच जना युवाको आक्रमणमा परेका थिए । उनलाई कोहलपुर मेडिकल कलेजमा रिफर गरिएकोमा अस्ति ३ गते ज्यान गएको थियो ।

घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका पाँच जनालाई ज्यान सम्बन्धी कसुर मुद्दामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । हिजो रुकुमकोट जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash