JIN0TkF.gif
JINuGe4.gif

कावासोती नगरपालिका अध्यक्षद्वारा कुनै पनि सेवा सुविधा नलिने घोषणा

नवलपुर –  नेकपा (एमाले) कावासोती नगरपालिका अध्यक्ष रामकृष्ण ढ्ंगानाले नगर अध्यक्षको हैसियतमा कावासोती नगरपालिकाबाट कुनै पनि सेवा सुबिधा नलिएको जनाउनु भएको छ । आज (आइतवार) प्रेस बिज्ञप्ति जारी गर्दैै उहाँले एमालेलाई दुष्प्रचार गरेको भन्दै खण्डन गर्नुभएको छ ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

म मेरो निष्ठा र आर्दशबाट कुनै बिचलित छैन । म आवद्ध नेकपा (एमाले) पार्टीलाई समेत जोडेर भएका कतिपय नियोजित दुस्प्रचारहरुको म खण्डन गर्दछु । नेकपा (एमाले) नगर कमिटिको अध्यक्षको हैसियतले मैले कावासोती नगरपालिकाबाट कुनैपनि सेवा सुबिधा नलिएको आम जनसमुदायमा स्पष्ट पार्न चाहान्छु बिज्ञप्तिमा भनिएको छ । बिगत केही दिन देखि कावासोती नगरपालिकाको राजनीतिक सल्लाहकारको नियुक्ति र सेवा सुबिधाको बिषयमा प्रश्न उठेपनि उहाँले बिज्ञप्ति मार्फत प्रष्ट पार्नु भएको हो ।

कावासोती नगरपालिकाले ढुंगानालाई २०८० जेठ २२ गते राजनीतिक सल्लाहकार नियुक्त गरेको थियो । मेरा नियुक्ति र पारिश्रमिकको बिषयमा सम्बन्धित निकायले प्रष्ट पार्ला नै । म मेरो निष्ठा र आर्दशबाट कुनै बिचलित छैन उहाँले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash