JIN0TkF.gif
JINuGe4.gif

कावासोतीमा सवारी दुर्घटना हुँदा १ को मृत्यु २ जना घाइते

चितवन  –  नवलपरासी पूर्व (नवलपुर)मा आज बिहान करिब ७ बजे कावासोती नगरपालिका –१६, पत्थर खोलामा  ट्रक र कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

दुर्घटनामा परि दुई जना घाइते भएका छन् ।  पत्थर खोला नजिक पूर्व पश्चिम राजमार्गमा लु २ ख ५८०५ नम्बरको ट्रक र लु ३ च १०२४ नम्बरको कार एक आपसमा ठोक्किँदा कार चालक मृत्यु भएको हो ।

कार चालक रुपन्देही शिद्धार्थ नगरपालिका –८, का ५९ वर्षीय हरिसचन्द्रमान श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेद बहादुर पौडेलले बताउनुभयो । दुर्घटनामा परि कारमा सवार सर्लाही चन्द्रनगर गाउँपालिका –८ ,बस्ने २८ वर्षीय सरोज कुमार शाह र २१ वर्षीय सरस्वती शाह घाइते भएका छन् । दुवैको अवस्था मध्यम रहेको पौडेलले बताउनुभयो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash