JIN0TkF.gif
JINuGe4.gif

काठमाडौँ महानगरले ४ हजारलाई निःशुल्क साइबर सुरक्षा तालिम दिदै

काठमाण्डौ –  काठमाडौँ महानगरपालिकाले ४ हजारलाई साइबर सुरक्षा सम्बन्धि निःशुल्क तालिम प्रदान गर्ने भएको छ । ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ गौरव योजना अन्तर्गत महानगरले ४ हजारलाई साइबर सुरक्षा तालिम दिने भएको हो ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

तालिम माघ २ गतेदेखि सुरू हुनेछ । तालिमका लागि महानगरले इसी काउन्सिल र ग्याप टेक्नोलोजिजसँगको सहकार्य गरेको छ । ईसी काउन्सिलले ४ हजारलाई ५ करोड बराबरको साइबर सुरक्षा तालिम दिन प्रतिबद्धता जनाएको छ ।

‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ गौरव योजना अन्तर्गत १५ हजार व्यक्तिलाई तालिम दिने र ५ हजार व्यक्तिलाई रोजगारीमा आवद्ध गराउने महानगरको लक्ष्य छ ।

साइबर सेक्युरिटी तालिममा स्मार्ट फोन, इमेलहरुमा प्राप्त हुने म्यासेज तथा सूचना, इन्टरनेट जडान भएका उपकरण र यसमा प्रयोग हुने एप्लिकेसनहरुको आधिकारिकता, जोखिमका विषयमा सिकाइनेछ ।

प्रोग्रामिङ्ग, नेटवर्किङ् र डाटा भण्डारणका लागि क्लाउडका आधारभूत पक्ष सिकाइनेछ भने यस्ता प्रणालीलाई सुरक्षा गर्ने प्रणाली विकास, वेभ एप्लिकेसन डिभलपमेन्ट, सुशासन, जोखिम न्युनीकरणको अनुपालना, तथ्याङ्क विश्लेषण र व्यापार कला यस्ता प्रणाली सञ्चालन हुने प्लेटफर्म, यस्ता प्लेटफर्महरुको उपयोग र दुरुपयोगजस्ता विषय तालिममा राखिएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash