JIN0TkF.gif
JINuGe4.gif

एनसेल सेयर बिक्री सम्बन्धमा ३ सरकारी निकायलाई लेखा समितिको प्रश्न

चितवन –  संसद्को सार्वजनिक लेखा समितिले एनसेलको ८० प्रतिशत सेयर खरिद–बिक्री सम्बन्धमा चासो राख्दै सम्बन्धित निकायसँग जवाफ माग गरेको छ ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

समितिले आन्तरिक राजश्व विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई एनसेलको सेयर खरिद–बिक्रीका विषयमा ९ वटा प्रश्नसहित पत्र पठाएको हो ।

पत्रमा समितिले मलेसियन कम्पनी आजियाटाले आफ्नो स्वामित्वको ८० प्रतिशत सेयर बेलायतको स्पेक्ट्रलाइट कम्पनीलाई बिक्री गरेको भनी सम्झौता तथा प्रेस विज्ञप्ति निकालेको विषयमा आधिकारिकता के हो भनेर प्रश्न गरेको छ ।

साथै समितिले विदेशी होल्डिङ कम्पनीको स्वामित्वमा रहेको कम्पनीको शेयर खरिद बिक्री सेवा प्रवाह गरिरहेको देशको कानुनी व्यवस्था परिपालना गर्नुपर्ने, नपर्ने के हो भनेर समेत प्रश्न गरेको छ । समितिले सेयर स्वामित्व, कारोबार, राजश्व लगायतका विवरण यथाशीघ्र पठाउन भनेको छ ।

What’s your Reaction?
+1
25
+1
12
+1
0
+1
7
+1
2
+1
5
81025400
hulash