काठमाण्डाै – नेपाल प्रहरी अन्तर्गत काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयले अपराध अनुसन्धान तथा समग्र कार्यसम्पादनमा अतुलनीय योगदान पुर्याएकाे भन्दै एनसेल आजियाटा लिमिटेडलाई सम्मान गरेको छ । कार्यालयले एनसेलका सम्राट अमात्य र कृष्ण भुसाललाई एनसेलको तर्फबाट प्रदान गरेको योगदानको उच्च कदर र मूल्याङ्कन स्वरूप प्रशंसा पत्र प्रदान गरको हो ।
हिजाे मङ्गलवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डा. मनोजकुमार केसीले प्रशंसा पत्र प्रदान गर्नुभएकाे हाे ।
एनसेलले सामाजिक उत्तरदायी संस्थाका रूपमा सुरक्षा र अन्य सरकारी निकायलाई आवश्यक सहयोग प्रदान गर्दै आएको छ । एनसेलले सुरक्षित समुदाय र समाज विकासमा सहयोग पुर्याउँदै आएको छ ।
एनसेलले ‘यो सम्मान समुदाय र जनताको हितका लागि कम्पनी काम गर्न प्रतिबद्ध रहेको छ भन्ने प्रमाण भएको’ बताएको छ । प्रहरी दिवसको अवसरमा २०७८ र २०७९ सालमा पनि एनसेललाई सम्मान गरिएको थियो ।