JIN0TkF.gif
JINuGe4.gif

एनसेलको सेयर बिक्री प्रकरणमा खुला छलफल गर्न रवि लामिछानेको चुनौती

चितवन –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले एनसेलको सेयर बिक्रीका विषयमा खुला छलफल गर्न चुनौती दिएका छन् ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

पूर्व उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत दलका नेताहरूले एनसेलको विषयमा खुला छलफल गर्न नसक्ने टिप्पणी गरेका छन् । उनले पार्टीका नेताहरूले एनसेलको कर तिर्न नपर्ने भन्दै रकम लिएको आरोप लाएका छन् ।

उनले कर तिर्न नपर्ने आश्वासन दिएर कुन दलका को नेताले कति रकम खाए भन्दै छानबिनका लागि तयार हो भन्दै प्रश्नसमेत गरेका छन् । ‘स्पाइस नेपालको नाममा अहिलेको एनसेल जन्मँदादेखि नै चलखेल थियो । टेलियासोनेराले बेचेर मलेसियाली कम्पनीले किन्दा नियमानुसारको ट्याक्स तिर्न नपर्ने आश्वासनका नाममा कुन कुन दलका कुन कुन नेताले कति कती रकम खाए, कुन कुन निकायका दैला दैलामा बाँडे र पचाए, खुला छानबिन गर्न तयार हुने हो ?’ उनले लेखेका छन् ।

What’s your Reaction?
+1
37
+1
43
+1
0
+1
5
+1
7
+1
3
81025400
hulash