भदौ २ । राष्ट्रिय सभाको बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा आइतबार दिउँसो सवा १ बजे बस्ने संघीय संसद सचिवालयले जनाएको छ।
बैठकका लागि दुईवटा कार्यसूची छ।
कानुनमन्त्री अजय चौरसियाले नेपाल कानुन व्यवसायी परिषद (दोस्रो संसोधन) विधेयक २०८१ पेस गर्ने कार्यसूची छ।
आजकै बैठका सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिनसम्बन्धी टीआरसी विधेयक प्रस्तुत हुनेछ।