JIN0TkF.gif
JINuGe4.gif

आज देशभरका यी स्थानहरुमा हुनेछ भारी वर्षा

चितवन –  भारतको उत्तर–मध्य प्रदेश र आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत आंशिक प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा वर्षा भइरहेको छ ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

जल तथा मौसम पूर्वानुमान महाशााखाका अनुसार आज बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्य बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा र एकदुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ ।

आज राति देशभर सामान्य बदली रहने महाशााखाले जनाएको छ । कोसी, मधेस र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

केही प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू–क्षयजस्ता प्रकोप हुनसक्ने भएकाले सतर्क रहन महाशााखाले आग्रह गरेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash