JIN0TkF.gif
JINuGe4.gif

आज देशका धेरैजसो क्षेत्रमा मौसम बदली

चितवन –  आज देशका धेरैजसो क्षेत्रमा मौसम बदली भएको छ । कतै–कतै हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेस र बाग्मती प्रदेशमा आंशिक प्रभाव पर्नुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ ।

अहिले कोशी प्रदेश, मधेश प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशलगायत पहाडी केही भागमा आंशिक बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ ।

आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान छ । तीनवटै प्रदेशको पहाडी भागका एक/दुई ठाउँमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।

What’s your Reaction?
+1
23
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash