JIN0TkF.gif
JINuGe4.gif

आजबाट चितवन पर्यटन तथा हात्ति महोत्सव’ सुरु

चितवन –  आजदेखि ‘चितवन पर्यटन तथा हात्ती महोत्सव’ सञ्चालन हुने भएको छ । मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै यसबारेमा जानकारी गराइएको हो ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

चितवनको सौराहामा आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धनको लागि क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजना तथा युनाइटेड हात्ती सञ्चालन स.सं.लि र रेष्टुरेण्ट एण्ड बार एशोसिएशन नेपालको सह आयोजनामा महोत्सव हुने भएको आयोजकले जनाएको छ । महोत्सव पुस १० बाट १४ गतेसम्म सञ्चालन हुनेछ ।

पत्रकार सम्मेलनमा बोल्दै होटल एशोसिएशन नेपालका कोषाध्यक्ष युवराज श्रेष्ठले कोरोना भाइरसको महामारीबाट रोकिन गएको महोत्सव फेरि सुरु गर्न लागेको बताउनुभएको हो ।

विश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्जको माध्यमबाट पर्यटकहरूलाई आकर्षित गराउँदै चितवनको पर्यटन क्षेत्रलाई महत्वपूर्ण गन्तव्य स्थलको रूपमा चिनारी गराउनुसमेत यस महोत्सवको अभिप्राय रहेको बताउनुभयो ।

उहाँले पर्या पर्यटन सम्बन्धित गतिविधिहरू र स्थानीय उत्पादनहरूलाई बजारीकरण गर्दै राष्ट्रिय स्तरसम्म पहिचान गराउन सक्नु महोत्सवको लक्ष्य रहेको पनि बताउनुभएको छ ।

What’s your Reaction?
+1
42
+1
12
+1
0
+1
0
+1
9
+1
0
81025400
hulash