चितवन – सन् २०२३ लाई बिदाइ गर्दै आजदेखि सन् २०२४ लाई स्वागत गरिएको छ । अन्तर्राष्ट्रिय संवत भएकाले यो नयाँ वर्षको उत्साह प्राय अधिकांश देशमा हुने गरेको छ । यशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ ।
यसको विश्वव्यापी रुपमा छुट्टै प्रतिष्ठा र स्थान रहेको छ । नयाँ वर्षको अवसरमा विश्वका विभिन्न ठाउँसहित नेपालमा पनि विभिन्न कार्यक्रम भइरहेका छन् । विदेशी पर्यटकको भिडभाड हुने काठमाण्डौको ठमेल, बौद्ध, पोखरा, सौराहा, लुम्बिनीलगायत ठाउँमा विशेष कार्यक्रम भएका छन् ।
हिजो बेलुका पनि यी ठाउँमा ‘न्यू इयर इभ’ का कार्यक्रम भएका थिए ।
टोपी दिवस
आजको दिन नेपाल र नेपालीको पहिचान टोपी दिवससमेत मनाइन्छ । हरेक वर्ष जनवरी १ तारिखमा नेपाली टोपी दिवस देशमा तथा विदेशमा भएका नेपालीले स्वस्फूर्त रूपमा मनाउँदै आएका छन्।
अङ्ग्रेजी नयाँ वर्ष र टोपी दिवसको शुभकामना 🙏🙏
मातृभुमी अनलाइन तथा टप वान मिडिया परिवार