JIN0TkF.gif
JINuGe4.gif

आईफोनको प्रलोभन देखाउँदै ५० लाख ठगी गर्ने २ जना पक्राउ

चितवन –   सामाजिक सञ्चालमार्फत ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पकाउ पर्नेमा पर्सा जिल्ला बहुदामाई नगरपालिका वडा नं. ८ का का ३० वर्षीय राजकुमार पण्डित र रौतहट जिल्ला कटहरीया नगरपालिका नडा नं. १ का २१ वर्षीय उमेशकुमार यादव रहेका छन् ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

पण्डित र यादवलाई गत भदाै ४ गते ललितपुरबाट पक्राउ गरिएकाे नेपाल प्रहरी साइबर ब्यूराेले जनाएकाे छ । प्रहरीका अनुसार उनीहरूले ठगी गर्न टिकटक, फेसबुक, ह्वाट्सएप लगायतका सामाजिक सञ्जाल प्रयोग गर्थे ।

आफूहरू ‘जाम जाम इलेक्ट्रोनिक्स’ कम्पनीको प्रतिनिधि भएको बताएर उनीहरूले प्रयोगकर्तालाई ‘तपाईं लक्की हुनुभएको छ । तपाईँले लक्की ड्र मार्फत आईफोन जित्नु भएको छ । हामी आईफोन सेन्ड गर्छौं । कस्टम क्लियरेन्सका लागि पैसा पठाउनुपर्छ’ भन्दै पीडितलाई विभिन्न बैंक खातामा रकम जम्मा गर्न लगाउँथे ।

प्रहरीले उनीहरूको साथबाट ४९ लाख ९५ हजार, सात थान मोबाइल, १८३ थान सिम कार्ड,  १२ थान एटीम कार्ड र एक थान राउटर समेत बरामद गरेको छ ।

हाल उनीहरूलाई  विद्युतीय माध्यम सम्बन्द्ध ठगी कसूरमा काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash