JIN0TkF.gif
JINuGe4.gif

आँधीले १० लाख भन्दा बढी मानिस प्रभावित

न्यूयोर्क– पूर्वी अमेरिका अहिले गम्भीर आँधीको चपेटामा छ। न्यूयोर्कदेखि अलाबामासम्म करिब १० लाख घर र व्यवसायी विद्युत सेवाबाट वञ्चित छन्। 

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

ठूलो आँधीका कारण हजारौं उडान पनि रद्द भएका छन् । आँधीका कारण करिब पाँच करोड मानिस समस्यामा परेका छन् ।

मंगलबार बिहानसम्म उत्तरी क्यारोलिनामा १ लाख, पेन्सिलभेनियामा ९५ हजार र मेरिल्याण्डमा ६४ हजार मानिसहरू अझै पनि बिजुली विहीन अवस्थामा छन् ।

हिजो एक हजारभन्दा बढी उडान स्थगित भएका थिए भने संघीय उड्डयन प्रशासनले न्यूयोर्क, फिलाडेल्फिया, एटलान्टा र वाशिङ्टन डीसीका एयरपोर्टहरूको उडान स्थगित गरेको थियो ।

यो दशकमा पहिलो पटक मौसम विभागले डिसी सहरमा चार–पाँच तहको जोखिम जारी गरेको छ। मौसम विभागको चेतावनी अनुसार सरकारी कर्मचारीलाई चाँडै घर फर्काइएको छ । मौसमविद् इलिन व्हेलनले भने जति क्षति आशंका गरिएको थियो त्यति ठूलो नभएको बताए।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash