JIN0TkF.gif
JINuGe4.gif

आँखा  पाक्ने रोग फैलिएपछि कमलामाई नगरपालिकाका विद्यालय ५ दिनका लागि बन्द

सिन्धुली –  आँखा  पाक्ने रोग फैलिएपछि सिन्धुलीको कमलामाई नगरपालिकाका विद्यालय पाँच दिनका लागि बन्द भएका छन् । कतिपय विद्यालयहरुमा आँखा पाक्ने रोगको प्रकोप देखिएको र सङ्क्रमण बढ्दै गएकाले विद्यालय बन्द गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

जनप्रतिनिधि तथा शिक्षाका पेशागत सङ्घसंस्थाहरुसँगको आजको बैठकले भोलि २२ गतेदेखि २६ गतेसम्म पाँच दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरिएको कमलामाई नगरपालिकाले जनाएको छ ।

सिन्धुलीसहित देशका धेरै ठाउँमा अहिले आँखा  पाक्ने रोगको सङ्क्रमण फैलिएको छ । डाक्टरले आँखामा कुनै समस्या देखिए अस्पताल जान र आफूखुशी जथाभाबी औषधि नहाल्न सुझाव दिँदै आएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash