JIN0TkF.gif
JINuGe4.gif

अश्लील भिडियो बनाई पुर्वप्रेमिकाको श्रीमानलाई पठाउने चितवनका १ युवक पक्राउ

चितवन –  सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले बुधवार राति काठमाडौं बबरमलबाट ती युवक पक्राउ परेका हुन् । पक्राउ पर्नेमा चितवन, रत्ननगर नगरपालिका – १० स्थायी घर भई हाल काठमाडौं बस्ने ४२ वर्षीय चतुरमान महतो रहेका छन् ।

प्रहरीका अनुसार पीडित महिला र युवकबीच एक वर्षअघि भेट भएको थियो । त्यही क्रममा उनीहरूबीच सामान्य भेटघाट तथा तस्वीर र भिडिओ आदानप्रदान भएको थियो । त्यसको केही समयपछि ती महिलाको बिहे अर्कै पुरुषसँग भयो ।

त्यसपछि महतोले महिलाको फोटो तथा भिडिओ सम्पादन गरेर अश्लील बनाई उनका श्रीमानलाई पठाइदिए । यसरी वैवाहिक जीवनमै आँच आउने र चरित्रहत्या गरेको भन्दै युवतीले उजुरी दिइन् ।

त्यसैको आधारमा प्राविधिक विश्लेषण गर्दै जाँदा महतो संलग्न भएको प्रमाणित भएपछि पक्राउ गरेको ब्यूरोका प्रवक्ता पशुपतिकुमार रायले जानकारी दिए । उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान तथा कारवाही भइरहेको छ ।

What’s your Reaction?
+1
153
+1
3
+1
0
+1
1
+1
0
+1
0
81025400
hulash