JIN0TkF.gif
JINuGe4.gif

अरिङ्गालले चिलेर १ को मृत्यु

चितवन –   स्याङ्जामा अरिङ्गालले चिलेर एक जनाको ज्यान गएको छ ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

बिरूवा गाउँपालिका–१ किचनासका २८ वर्षीय चेलिस श्रेष्ठको अरिङ्गालले चिलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो ।

मङ्गलवार साँझ घर नजिकै जङ्गलमा अरिङ्गाल पोल्ने क्रममा घाइते भएका श्रेष्ठलाई गण्डकी मेडिकल कलेज पोखरा पठाएकोमा राति नै ज्यान गएको प्रहरीले जनाएको छ ।

अरिङ्गाल पोल्नको लागि श्रेष्ठसँगै ६ जना गएकोमा अन्य ५ जना सकुशल रहेको प्रहरीले जनाएको छ ।

श्रेष्ठलाई अन्दाजी ६०/७० वटा अरिङ्गालले चिलेको बताइएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash