JIN0TkF.gif
JINuGe4.gif

अमेरिकी राजदूत थम्पसन र प्रधानमन्त्री प्रचण्ड बीच भेटवार्ता

काठमाडौं ।  नेपालका लागि अमेरिकी राजदूत डीन थम्पसनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन्। राजदूत थम्पसनले बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन्।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

भेटमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयन, दुई देशको सम्बन्ध, नेपालको आर्थिक विकासमा अमेरिकाले गर्नसक्ने सहयोग लगायतका विषयमा छलफल भएको स्रोतले बताएको छ।

उच्चस्रोतका अनुसार राजदूत थम्सनले प्रचण्डसँग संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाने/नजानेबारे चासो राखेका थिए। परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको तयारी गरिरहेको छ। सेप्टेम्बरमा चीन जाने गरी भ्रमणको गृहकार्य भएपनि हालसम्म मिति तय हुन भने बाँकी रहेको छ। चीनले यसअघि चैत १४–१७ मा हेनान प्रान्तमा भएको ‘बोआओ फोरम फर एसिया’मा सहभागी हुन निमन्त्रणा गरेपनि अन्तिम समयमा प्रधानमन्त्री प्रचण्डले भ्रमण रद्द गरेका थिए। त्यसपश्चात उनी भारत भ्रमणमा गएका थिए।

असार अन्तिम साता अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुपनि एमसीसी कार्यान्वयनका विषयमा छलफल गर्न नेपाल आएका थिए। अमेरिकाले संसदबाट अनुमोदन भएको एमसीसी परियोजना कार्यान्वयनका लागि नेपालका राजनीतिक दलहरुलाई ताकेता गरिरहेको छ।

एमसीसी सम्झौताअनुसार अमेरिकाले नेपाललाई ५० करोड अमेरिकी डलर अनुदान दिने घोषणा गरेको छ। हालको सत्ता गठबन्धनले १२ बुँदे व्याख्यात्मक घोषणासहित २०७८ साल फागुन १५ गते संसदबाट एमसीसी कम्प्याक्ट सम्झौता अनुमोदन गरेको थियो।

What’s your Reaction?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash