JIN0TkF.gif
JINuGe4.gif

अब रु. १०० को रिचार्जमा १ जीबी डेटा बोनस पाउने

चितवन – नेपाल टेलिकमका प्रिपेड तथा पाेस्टपेड प्रयाेगकर्ताले रु. १०० काे रिचार्जमा पनि डेटा बाेनस पाउने भएका छन् ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

विभिन्न दरका एमपोस तथा फिजिकल रिचार्ज कार्डमार्फत रिचार्ज गर्दा डेटा बोनस पाइने कम्पनीले जनाएकाे छ ।

यसअन्तर्गत रु. १०० देखि १९९ को रिचार्ज गर्दा एक दिनका लागि १ जीबी, रु. २०० देखि ४९९ को रिचार्ज गर्दा प्रतिदिन १ जीबीका दरले दुई दिनका लागि २ जीबी र रु. ५०० वा सोभन्दा माथिको रिचार्ज गर्दा प्रतिदिन २ जीबीका दरले चार दिनका लागि ८ जीबी डेटा बोनसको रुपमा उपलब्ध हुनेछ ।

त्यसैगरी फिजिकल रिचार्जमार्फत रु. १०० को रिचार्ज गर्दा १ दिनका लागि १ जीबी, रु. २०० को रिचार्ज गर्दा प्रतिदिन १ जीबीका दरले दुई दिनका लागि २ जीबी र रु. ५०० तथा रु. १००० को रिचार्ज गर्दा प्रतिदिन २ जीबीका दरले ४ दिनका लागि ८ जीबी डाटा बोनसको रुपमा उपलब्ध हुनेछ ।

What’s your Reaction?
+1
47
+1
21
+1
0
+1
3
+1
12
+1
7
81025400
hulash