JIN0TkF.gif
JINuGe4.gif

अनुमतिबिना ड्रोन उडाएको आरोपमा १ जना पक्राउ

चितवन –  अनुमतिबिना ड्रोन उडाएको आरोपमा पोखरामा एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

जिल्ला प्रहरी कार्यालय कास्की मातहतको वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले २५ वर्षीय चेन देङ सेङलाई पक्राउ गरेको हो ।

बुधवार बिहान पौने ८ बजेतिर कास्की पोखरा महानगरपालिका वडा नं. १ टुँडिखेल मैदानमा बिना अनुमति ड्रोन क्यामेरा उडाइरहेको भन्ने सूचना आएपछि खटिएकाे प्रहरी टोलीले सेङलाई भिडिओ बनाइरहेको अवस्थामा ड्रोनसहित नियन्त्रणमा लिएको जिप्रका कास्कीले जनाएकाे छ ।

प्रहरीका अनुसार उनीमाथि अनुसन्धान तथा कारबाहीका लागि नेपाल नागरिक उड्यन प्राधिकरण पोखरा पठाइएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash