JIN0TkF.gif
JINuGe4.gif

अनलाइनबाटै पासपोर्ट नवीकरणको सिस्टम ल्याउने तयारीमा छौ – प्रधानमन्त्री प्रचण्ड

चितवन  –  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनलाइनबाटै राहदानी नवीकरणको प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको बताएका छन् ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

मङ्गलवार आफू नेतृत्वको सरकार एक वर्ष पुगेकाे अवसर पारी देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय परिचयपत्र तथा राहदानी प्राप्त गर्ने समयावधि छोट्याउने र राहदानी अनलाइनबाटै नवीकरणको प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको जानकारी दिए ।

“स्थानीय तहसमेतको सहयोगमा माघ मसान्तभित्र जनघनत्वका आधारमा जिल्ला प्रशासन कार्यालयहरूमा थप जनशक्तिको व्यवस्था गरी राष्ट्रिय परिचयपत्र र राहदानी प्राप्त गर्ने समयावधि छोट्याइनेछ,” उनले भने, “राहदानी छपाई कार्यलाई प्रतिस्पर्धाका आधारमा अघि बढाइनेछ । यसैगरी अनलाइनबाटै राहदानी नवीकरणको प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको छ ।”

What’s your Reaction?
+1
19
+1
4
+1
0
+1
21
+1
13
+1
0
81025400
hulash