JIN0TkF.gif
JINuGe4.gif

अत्यावश्यकबाहेक सवारी साधन सडकमा ननिकाल्न प्रहरीको अनुरोध

काठमाडौँ –  काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज उपत्यकामा अत्यावश्यक काम बाहेक सडकमा सवारी साधन ननिकाल्न अनुरोध गरेको छ ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

आज राष्ट्रिय युवा संघ नेपाल र दुर्गा प्रसाईंको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति, जनता बचाउँ महाअभियानले विभिन्न ठाउँहरूबाट र्‍यालीसहित प्रदर्शन गर्ने भएकाले सवारी आवागमनमा समस्या हुन सक्ने भएकाले सकेसम्म सवारी प्रयोग नगर्न ट्राफिक प्रहरीले अनुरोध गरेको हो ।

ट्राफिक प्रहरीले सडकमा निस्कन पूर्व १०० वा १०३ मा टेलिफोन गर्न  र ट्राफिक एफ.एम ९५.५ मेगाहर्ज सुनी सडकको अवस्थाको जानकारी लिएर मात्र निस्कन अनुरोध गरेको छ ।

ट्राफिक व्यवस्थापन गर्ने क्रममा ट्राफिक प्रहरीले सवारी साधन जुनसुकै ठाउँबाट पनि डाइभर्सन गर्न सक्ने हुँदा ट्राफिक प्रहरीलाई आवश्यक सहयोग गर्न पनि अनुरोध गरिएको छ ।

What’s your Reaction?
+1
26
+1
6
+1
6
+1
1
+1
0
+1
0
81025400
hulash