JIN0TkF.gif
JINuGe4.gif

अझै हुन सकेन भरतपुरमा बोराभित्र भेटिएको दुई शवको पहिचान

चितवन –  पूर्व–पश्चिम राजमार्ग अन्तर्गत भरतपुर महानगरपालिका–१२ मिलनचोकस्थित कल्भर्टमा मंसिर ६ गते जुटको बोराभित्र भेटिएको दुई शवको अझै पहिचान हुनसकेको छैन ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

केरुङ्गा खोलामाथि बनेको कल्भर्टमा जुटको बोराभित्र महिला र पुरुषको शव भेटिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनले ७७ वटै जिल्ला र मातहतका निकाय तथा भारतमा समेत शवको प्रकृति र हुलियाका बारेमा जानकारी गराइसकेको छ । तर कतैबाट घटनाको सुइँको पाउन सकेको छैन ।

‘मेरो मानिस हरायो भनेर अहिलेसम्म हुलियासँग मिल्दोजुल्दो कोही आएका छैनन्, घटना निकै रहस्य बन्दै गयो, हत्याको प्रकृति हेर्दा निकै गम्भीर देखिन्छ’, एक अनुसन्धान अधिकृत भन्छन्, ‘कुनै कुरा पत्ता लगाउन नसक्दा थप अनुसन्धान नै सुरु गर्न सकिएन ।’

प्रहरीले मृतकको हुलिया र लगाएका पहिरनबारे सूचना फेसबुकमार्फत सार्वजनिक गरेको छ । अब केही दिनसम्म कुनै सूचना नआए स्केच सार्वजनिक गर्ने तयारी गरेको छ । घटनास्थल वरपर सीसीटीभीको समेत पहुँच नभएका कारणले अनुसन्धानमा समस्या भएको प्रहरी अधिकृतहरु बताउँछन् । यो घटनाका सम्बन्धमा डेढ सय जना भन्दा बढीसँग विभिन्न ठाउँमा सोधपुछ गरिएको तर कतैबाट पनि क्लू भेटाउन नसकिएको प्रहरी अधिकृतहरुको भनाइ छ ।

‘कतै बसेको आफन्त लामो समयसम्म सम्पर्कमा छैनन् भने एकपटक सम्पर्क गर्न र अवस्थाका बारेमा जानकारी लिन हामीले सार्वजनिक रुपमा अपिल गरेका छौं’, ती अनुसन्धान अधिकृत भन्छन्, ‘आफ्ना आफन्त कतै छन् र सम्पर्क नभएको धेरै भएको छ भने एकपटक अवस्थाको बारेमा अपडेट लिन अनुरोध गर्छौं, अनुसन्धानमा सहयोग गर्नु नागरिकको दायित्व पनि हो ।

एक जना व्यक्तिले मात्रै अन्यत्र हत्या गरेर त्यहाँ ल्याएर शव फाल्न नसक्ने प्रहरीको भनाइ छ । त्यसैले यसमा समूह नै सहभागी भएको अनुमान छ । एक अनुसन्धान अधिकृत भन्छन्, ‘यो ठाउँको अवस्थाका बारेमा बुझेको, जानेको, पहिला रेकी गरेर गएको ब्यक्तिहरुले नै यहाँ ल्याएर शव राखेका हुन सक्छन्, उसले सबैभन्दा सुरक्षित ठाउँ यसलाई ठानेर नै ल्याएको देखिन्छ ।’

नजिकै रहेको सुकुम्वासी बस्तीका कसैले पनि शव ल्याएर फालेको बारेमा सूचना दिन नसकेको प्रहरी अधिकारीको भनाइ छ । वीरगञ्ज तथा कपिलवस्तुतिरबाट चितवन आएका ठूला सवारी साधनहरुको निगरानीसमेत गरिरहेको प्रहरी अधिकृतहरु बताउँछन् ।

कल्भर्ट नजिकै सुकुम्बासी बस्ती छ । खोलामा माछा मार्न गएका ब्यक्तिले केही दुर्गन्ध फैलिएपछि प्रहरीलाई खबर गरेका थिए । शवको प्रकृति हेर्दा कसैले अन्यत्रै हत्या गरेर त्यहाँ ल्याएर फालेको हुनसक्ने देखिएको चितवनका प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले जनाए ।

पोष्टमार्टम गर्ने चिकित्सकहरुका अनुसार शव भेटिएको ४८ घण्टा अगाडि उनीहरुको हत्या गरेको हुनसक्छ । पुरुषको मुखमा कानदेखि नै निलो टेप बाँधिएको छ, जिउमा भित्री वस्त्रमात्र छ भने महिलाको शवमा ढाकाको चोलो र प्याजी रंगको टाउजर छ । महिलाको हातमा एस लेखिएको छ ।

What’s your Reaction?
+1
32
+1
0
+1
45
+1
0
+1
0
+1
0
81025400
hulash