भरतपुर चितवन – नेपाली चलचित्र “अग्निदहन” मङ्सिर ७ गतेबाट नेपालभर प्रदर्शनमा आउदै छ।
सामाजिक बेथिती र कुरुतिलाई चिरेर समाज परिवर्तनको सन्देश सहित निर्माण गरिएको चलचित्र “अग्निदहन” यहि मङ्सिर ७ गते शुक्रवार बाट देशभरका सिनेमाघर हरुमा प्रदर्शनमा आउदै छ।
घनश्याम लामिछानेको निर्देशनमा बनेको यो चलचित्रले चलचित्र बिकास बोर्डबाट “स्पेशल जुरि अवार्ड २०१८” समेत प्राप्त गरेको थियो।
चलचित्र कुनै ब्याबसायिक नाफाका लागि नभई बोक्सी प्रथाको अन्त्य गर्ने सोचका साथ चलेको अभियान रहेको र यसबाट हुने नाफा पनि सोही अभियानमा प्रयोग हुने निर्माण पक्षले जानकारी गराए।
हाम्रो समाजमा रहेको बोक्सी प्रथा जस्तो बिकृती विरुद्धको दरिलो आवज चलचित्र को मुख्य बिषयबस्तुको रुपमा उठाएको निर्माता कोबिड शरण उपाध्याले चितवनमा पत्रकार सम्मेलन गर्दै जानकारी दिए ।
चलचित्रले बोक्सी प्रथा विरुद्ध सन्देश दिन्छ र सबैले एकचोती हलसम्म गएर हेरिदिनुहोला चलचित्रका मुख्य कलाकार प्रकाश घिमिरेले भने।
चलचित्रमा प्रकाश घिमिरे सहित प्रमिला तुलाचन, अनुपमा भण्डारी, तुलसी क्षेत्री, तारा बहादुर गुरुङ, बिष्णु बास्तोला, लगायतका कलाकारहरुको अभिनय रहेको छ।